Section 30
जाँचबुझ वा निरीक्षण गर्न सक्ने
(१) कसैले अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गरिरहेको, बजारमा एकाधिकार कायम गरी वा अन्य कुनै तरिकाबाट वस्तु वा सेवाको मूल्य वा आपूर्ति व्यवस्थालाई प्रभावित पार्ने काम गरिरहेको वा कमसल वस्तुको उत्पादन वा बिक्री वितरण गरिरहेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम, कारबाही गरिरहेको छ भन्ने विश्वास हुने मनासिब कारण भएमा वा त्यस्ता कुराका सम्बन्धमा कुनै सञ्चार माध्यम वा कुनै उजूर मार्फत वा कुनै निगरानी गर्ने निकाय मार्फत सूचना आएमा मन्त्रालय वा विभागले सो सम्बन्धमा तत्काल आवश्यक जाँचबुझ वा निरीक्षण गर्न, गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निरीक्षण वा जाँचबुझ गर्ने सम्बन्धमा प्रचलित कानूनमा अनुगमन तथा निरीक्षणको व्यवस्था भएकोमा सोही बमोजिम र अन्य अवस्थामा मन्त्रालयले तत्काल निरीक्षण वा जाँचबुझ समिति गठन गर्न वा यस ऐन बमोजिम गठन भएको कुनै समितिलाई वा निरीक्षण अधिकृतलाई तोक्न सक्नेछ।
(३) उपदफा (१) बमोजिम जाँचबुझ वा निरीक्षणबाट दोषी देखिएका उत्पादक, डिलर, एजेण्ट, बिक्रेता, व्यक्ति वा संस्थालाई यस ऐन वा प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
(४) उपदफा (२) बमोजिम तोकिएको समिति वा निरीक्षण अधिकृतले निरीक्षण वा जाँचबुझ गर्दा त्यस्तो कार्य यस ऐन अन्तर्गतको भएको नदेखेमा जाँचबुझ वा निरीक्षण गरिएको फाइलसाथ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ र त्यस्तो निकायले पनि सो सम्बन्धमा भएको काम कारबाहीको जानकारी त्यसरी लेखी पठाउने निकायलाई दिनु पर्नेछ।